२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूड पोइजनिङको शिकार भएर अस्पताल भर्ना भइन् अभिनेत्री जान्हवी कपूर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री जान्हवी कपूर खानामा विषाक्तता (फूड पोइजनिङ)का कारण मुम्बईको एक अस्पतालमा भर्ना भएकी छिन् । यसको पुष्टि उनका बुबा बोनी कपुरले गरेका छन् ।

एनडीटीभीसँग कुरा गर्दै बोनीले जान्हवीको अवस्था अहिले राम्रो भएको र एक–दुई दिनमा निको हुने बताए । त्यसपछि मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

जान्हवीको स्वास्थ्य विगत केही दिनदेखि ठिक नभएपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको थियो ।

पछिल्ला केही साता जान्हवीका लागि निकै व्यस्त सावित भएको थियो । उनले मुम्बईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको सबै समारोहमा भाग लिएकी थिइन् । यी समारोहमा जान्हवीको लुक्सको निकै तारिफ भएको थियो ।

जान्हवीको आगामी फिल्म उल्झ हो । यो फिल्म अगस्ट २ मा रिलिज हुँदैछ । जान्हवी यस फिल्ममा आईएफएस अफिसरको भूमिकामा देखिनेछिन् । चलचित्रका निर्देशक राष्ट्रिय अवार्ड विजेता सुधांशु सारिया हुन् । चलचित्रलाई जंगली पिक्चर्सले निर्माण गरेको हो ।