१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसका सांसद राजभण्डारीलाई मातृशोक



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ मण्डिखाटार बस्दै आउनुभएका टङ्ककुमारी दोलखाबाट काठमाडौँ आई उद्योग व्यवसायमा नाम कमाउनुभएका स्व इन्द्रमणि राजभण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।

समाजसेवामा सक्रिय टङ्ककुमारी द्वाल्खा गुठीका पूर्वअध्यक्ष पनि हुनुहुन्थ्यो । द्वाल्खा गुठी दोलखाली नेवार समुदायको प्रभावशाली गुठी हो । समाजसेवी टङ्ककुमारीका दुई छोरा दिव्यमणि राजभण्डारी, दीपमणि राजभण्डारी र तीन छोरी उषामिलन कक्षपति, मुन्ना लाकौल र उदया राजभण्डारी हुनुहुन्छ । स्व टङ्ककुमारीको आजै हिन्दू धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।