२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यम: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।

फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राख्नुभएको हो ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित कार्यक्रममा उहाँले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्दै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिष्पर्धा गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका नेपाली खेलाडीले प्रतिष्पर्धा गर्नेमा आफू आशावादी रहेको बताउनु भयो । सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिनुभयो । देशमा राखेको रेकर्डसमेत ध्यानमा राखेर खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्पmबाट ६ खेलका सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।