१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिमा गडबड, विश्वभर हवाई, बैंक र मिडियामाथि असर



अ+ अ-

सूचना प्रविधिमा देखिएको गडबडीका कारण विश्वभर हवाई, बैंक र मिडिया उद्योगमा समस्या उत्पन्न भएको छ ।

बिबिसीका अनुसार, युरोप, अमेरिका र अस्ट्रेलियाको हवाई यातायात अबरूद्ध भएको छ । हवाईजहाजहरू ग्राउन्डेड भएपछि ठूलो संख्यामा हवाई यात्रु अलपत्र परेका छन् । अमेरिकाका युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले पनि विमानहरू ग्राउन्डेड गर्न थालेका छन् । बेलायतमा रेलसेवा पनि अबरूद्ध भएको छ ।

लन्डन स्टक एक्सचेन्जमा पनि समस्या उत्पन्न भएको छ । आइटीमा देखिएको यस समस्याका बारेमा माइक्रोसफ्टले प्रारम्भिक प्रतिकृया दिँदै यसलाई सुल्झाउन प्रयत्नशील रहेको जनाएको छ । यद्यपि यसको कारण भने पत्ता लागिसकेको छैन ।

फोटो- बिविसीबाट साभार