१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुहाङ नेम्वाङ भन्छन्– विकास र समृद्धिको बाधक के हो ? को हो ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विकास र समृद्धिको बाधक को हो भन्दै प्रश्न गरेका छन् ।

इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा निर्वाचित सांसद नेम्वाङले आफ्नै गाउँठाउँमा भएको विकास निर्माणको काम अलपत्र भएको देखेपछि प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमा हिजो लामो स्टाटस लेख्दै उनले वर्षाको समयमा हिलाम्य हुने सडकको अवस्थामा कहिल्यै सुधार हुन नसकेको भन्दै दु:खेसो व्यक्त गरेका छन् । उनले भनेका छन्– ‘यसपाली यो सडकको दुर्दशा देखेपछि मेरो मनमा प्रश्न छ, ‘हाम्रो विकास–समृद्धिको सबैभन्दा ठूलो बाधक के हो, को हो ?’ सुशासन ?

सांसद नेम्वाङले के लेखेका छन् त ?

आजदिन भर माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष हेमन्त राईज्यूसँगै माङसेबुङ्गको विभिन्न ठाउँमा पुग्यौं । तस्बिरमा देखिएको दृश्य फाल्गुनन्द (दमक–चिसापानी) सडकको हो ।

यदि सम्झौता अनुसार निर्माण भएको भए दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर यो सडक आज कालोपत्रे भइसकेको हुन्थ्यो । पिच रोडमा पहाडबाट तरकारी बोकेर गाडीहरु तराई झरिरहेका हुन्थ्यो । तराईबाट सर–समान बोकेर पहाड उक्लिरहेका देखिन्थ्यो ।

इलामको दक्षिण–पश्चिमी क्षेत्रका मात्रै होइन पाँचथरका जनताको समृद्धिको सपनासँग जोडिएको २ फागुन २०७९ मा निर्माण भइसक्नु पर्ने थियो । तर, पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माण पुरा नगरेपछि ठेक्का तोडिएको छ । सडक निर्माण अलपत्र छ ।

यो सडक हुँदै दमकबाट पाँचथरको रवि पुग्न ४७ किलोमिटर छ । तर हाल प्रचलनमा रहेको मेची राजमार्ग हुँदै इलाम–राँके बजार पुग्दा १७८ किलोमिटरको दूरी पार गर्नु पर्ने बाध्यता छ ।

ल हिसाब गर्नुहोस् त १ ४७ किलोमिटर भएर तराई झरीपुग्ने पहाडको तरकारी १७८ किलोमिटर घुम्दा कस्तो हुन्छ रु तराईबाट ४७ किलोमिटरमा पहाड उक्लने दैनिक उपभोग्य सामग्रीहरु १७८ किलोमिटर घुम्दा कति महङ्गो हुन्छ ?

यही सडकको हिलाम्मे तस्बिर राखेर मलाई धेरैले सोध्नुहुन्छ, ‘फाल्गुनन्द किन कालोपत्रे भएन मान्यज्यू ?’

यो सडक हिलाम्ये बन्दा गाली सबै तहका जनप्रतिनिधिहरुले खाएका छौं । मेरो पनि एउटा प्रश्न छ, गालीको हकदार हामी मात्रै हौं त ?

यसपाली यो सडकको दुर्दशा देखेपछि मेरो मनमा प्रश्न छ, ‘हाम्रो विकास–समृद्धिको सबैभन्दा ठुलो बाधक के हो, को हो ?’

सुशासन ?