१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी क्लब अफ स्वयम्भूद्वारा वृक्षरोपण



अ+ अ-

काठमाडौं । रोटरी क्लब अफ स्वयम्भूले टोखा नगरपालिकाको भुतखेलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आफ्नो वार्षिक कार्ययोजना अनुसार पहिलो सर्भिस प्रोजेक्ट अन्तर्गत एक हजार रुख रोप्ने अभियान स्वरुप वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बिरुवा रोप्न भन्दा जोगाउन चुनौतीपूर्ण रहेकाले वृक्षारोपण कार्यक्रम सँगसँगै यसको सरक्षणतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । रोटरी क्लब अफ स्वम्भूलाई आफ्ना प्रोजेक्टहरु सफलतापूर्वक अघि बढाउन नगरपालिकाको पूर्ण सहयोग र सहकार्य रहेको प्रतिबद्वता पनि जनाउनुभयो।

वृक्षरोपण प्रोजेक्ट अन्तर्गत भुत्खेलको चौर ,टोखा चण्डेश्वरी अस्पतालको परिसरमा फलफुलको बिरुवा ,अशोका,धुपी ,निम लगायत बिभिन्न जातका बिरुवा रोपिएको छ।

बिशेषगरी ठुला रुख हुने खालका १ हजार वृक्षारोपण गर्ने लक्ष्यका साथ वृक्षरोपण कार्यक्रम शुरु गरिएको रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष बिष्णु पोख्रेलले जानकारी दिनुभयो।

सफा र हरियाली शहर बनाउने उदेश्यका साथ वातावरण संरक्षणका लागि समेत वृक्षरोपणको महत्व रहेकोले क्लबले बृक्षरोपण कार्यक्रम गरेको अध्यक्ष पोख्रेलको भनाइ छ। विरुवा हुर्कने अनुकूल समय पारेर क्लबले वृक्षरोपण कार्यक्रम गरेको छ ,बेलाबेलामा आएर बिरुवाको सरक्षण तर्फ पनि ध्यान दिने क्लबले जनाएको छ।

वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुसहित समाज उत्थान महिला मंच नेपालका महिलाहरु स्थानिय सरकारका प्रतिनिधीहरु लगायतको उत्साहजनक उपस्थिति रहेको थियो।