काठमाडौं । पूर्व माओवादीतर्फबाट मन्त्री बनेका दुई मन्त्रीले प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका छन् । पूर्व माओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाललाई छोडेर प्रधानमन्त्रीलाई साथ दिएका हुन् ।
प्रचण्ड र माधव नेपाल निकटका ७ मन्त्रीले राजीनामा घोषणा गरिँरहँदा थापा र भट्टले भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफलमा छन् ।
आजै ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सामूहिक राजीनामा दिनेमा कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।











