१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा उद्धारमा सहयोग गर्न हेलिकोप्टर र ड्रोन सञ्चालकलाई विपद् प्राधिकरणको अनुरोध उद्धार तयारीका लागि गृहमन्त्री गुरुङ विमानस्थल पुगे रसुवा बाढी प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहिनन् पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ



अ+ अ-

काठमाडौं । सुप्रसिद्ध पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ ।

नेपालको प्रसिद्ध द्वारिकाज होटेलका सञ्चालक रहनुभएकी उहाँको बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ नेपालको पर्यटन, मिडिया र सांस्कृतिक सम्पदा संरक्षण लगायतका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा ररहनुभएकी उहाँको विवाह द्वारिका प्रसाद श्रेष्ठसँग भएको थियो ।

पतिको सन् १९९१ मा निधन भएपछि उहाँले पूर्ण रूपमा द्वारिकाज होटेलको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

उहाँले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन)बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गर्नुभएको छ ।

उहाँका दुई छोरीहरु हुनुहुन्छ ।