काठमाडौं । नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएको छ ।
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा धुँवैधुवाँ भएको हो ।
बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई सकुशल ओरालिएको छ ।
मेकानिक्स बोलाएर बसको मर्मत गरिएको छ भने सडकमा अन्य सवारी साधनहरु सामान्य रुपमा सन्चालन भइरहेका छन् ।
तस्बिर:रासस