७ श्रावण २०८३, बिहीबार
,
Latest
९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले संविधानको चीरहरण गर्यो, सडकबाटै सामना गर्छौः नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । कांग्रेसले ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भत्र्सना गरेको हो । संसद् विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेलगत्तै आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजान लागेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको कदमले लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताउनुभयो । ‘ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्ने काम गरे, यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । अलोकतान्त्रिक कदमको कांग्रेसले घोर भत्सर्ना गर्दछ।’ –उहाँले भन्नुभयो । यो कदमले राष्ट्रलाई अस्थिरतातिर लैजाने, लोकतन्त्रलाई संकटतिर लैजाने बताउँदै पौडेलले निन्दनीय कामको सामना गरेर अगाडि बढ्ने बताउनुभयो ।

बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहरसमेत गरेको छ । आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । नेपाल समाचारपत्र दैनिक