७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले संविधानको चीरहरण गर्यो, सडकबाटै सामना गर्छौः नेपाली कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । कांग्रेसले ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भत्र्सना गरेको हो । संसद् विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेलगत्तै आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले ओलीले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजान लागेको निष्कर्ष निकालेको छ ।

बैठकपछि कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको कदमले लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताउनुभयो । ‘ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद् विघटन गर्ने काम गरे, यो कुनै पनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ । अलोकतान्त्रिक कदमको कांग्रेसले घोर भत्सर्ना गर्दछ।’ –उहाँले भन्नुभयो । यो कदमले राष्ट्रलाई अस्थिरतातिर लैजाने, लोकतन्त्रलाई संकटतिर लैजाने बताउँदै पौडेलले निन्दनीय कामको सामना गरेर अगाडि बढ्ने बताउनुभयो ।

बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहरसमेत गरेको छ । आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय बैठकले गरेको छ । नेपाल समाचारपत्र दैनिक