६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विश्वासको मत लिँदा दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्री ओलीको कसरत !

विश्वासको मत लिँदा दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्री ओलीको कसरत !
फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा दुई तिहाइभन्दा धेरै सदस्यको समर्थन जुटाउने कसरत सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले साना दलहरुलाई विश्वासमा लिएर दुई तिहाइ मत पुर्‍याउने रणनीति अपनाएका हुन् । विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

दुई तिहाइ पुर्‍याउन १ सय ८४ सांसदको समर्थन आवश्यक पर्छ । अहिले प्रधानमन्त्री ओलीसँग नेकपा एमालेका ७८, नेपाली कांग्रेसका ८८, जनता समाजवादी पार्टी (अशोक राई) ७ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ गरी १ सय ७७ सांसदको समर्थन छ । यी चार दल सरकारमा सहभागी छन् । सत्तारुढ दलका सांसदको संख्या जोड्दा १७७ हुन्छ । यो लगभग प्रधानमन्त्री ओलीले पाउने निश्चित मत हो ।

तर प्रधानमन्त्री ओलीले दुई तिहाइ पुर्‍याउन थप ७ सांसदको आवश्यक पर्छ । त्यसका लागि उनले अरु साना दलसँग परामर्श अघि बढाइसकेका छन् । ओलीले विश्वासको मतका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्ने तयारी गरेका छन् ।

त्यसैगरी जनमत पार्टीका अध्यक्षसीके राउतलाई पनि विश्वासमा लिने गरी उनले छलफल गर्दैछन् । एमालेसमेतको समर्थनमा जनमतले मधेश सरकारको नेतृत्व गरिरहेको छ ।

५ सांसद रहेको उपेन्द्रको जसपा नेपाल र ६ सिट रहेको सीकेको जनमतले ओलीलाई विश्वासको मत दिने सम्भावना बलियो छ । आफूसँग रुष्ट यादवलाई पनि फकाएर विश्वासको मतमा समर्थन जुटाउने योजना ओलीको छ । यी दुई दलले विश्वासको मत दिए ओलीलाई दुई तिहाइ पुग्छ ।

त्यसो त प्रधानमन्त्री ओली अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि छलफलमा छन् । राप्रपाले संविधान संशोधन र संघीय संरचनाबारे पुनर्विचार गर्ने कांग्रेस–एमालेको एजेन्डाका आधारमा समर्थन जनाउने संकेत गरेको छ । तर अहिलेसम्म राप्रपा अनिर्णित अवस्थामा छ । तर ओलीसँग संविधान संशोधनमा सहकार्य गर्ने योजनासहित राप्रपा पनि उनलाई विश्वासको मत दिएर अघि बढ्ने तयारीमा छ ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।