२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 1.03

Humidity: 50

Latest
तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

असल अभ्यासलाई निरन्तरता दिऔँः सभामुख



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अधिवेशन प्रारम्भ भएलगत्तै प्रतिनिधिसभाका सदस्यलाई स्वागत गर्दै उहाँले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिइने भएकाले सदनमा व्यक्त विचारलाई परिस्कृत गर्दै नीतिनिर्माणसम्म पुगिने धारणा व्यक्त गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “संसद्मा विवाद, छलफल र बहस हुनु नौलो होइन तर हाम्रा निचोड सहमतिको सङ्गमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।”

सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउन दायित्व निर्वाह हुने बताउँदै उहाँले परस्पर सम्मान, सहकार्य र एकताबाट नै मुलुकका विद्यमान समस्या निरुपण गर्न र नीतिनिर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”