१८ माघ २०८१, शुक्रबार
,
Latest
भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन संसदमा बिजनेसको अभाव हुँदैनः सांसद न्यौपाने प्रतिपक्ष दलहरुको मागपछि बाध्य भएर सरकारले संसद बोलायोः वेदुराम भुषाल थाइल्यान्डसँग नेदरल्यान्ड्स पराजित रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खानियो, कानूनी उपचार खोज्छौंः उपसभाति वाग्ले आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरिने छः खानेपानीमन्त्री यादव अध्यादेश ल्याउने प्रक्रिया उचित भएनः सांसद पाण्डे संसद्को बैठकलाई प्रभावकारी बनाउनैपर्छः सांसद भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट आफूहरु मुक्त भएको बताउनुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनु नपरेको एउटा सुखद् पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’’

उहाँले जनता र संसद्को भरोसा र दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको सगौरव उल्लेख गर्नुभयो ।