३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो, पुस १५ गतेसम्म आवेदन दिन पाउने



अ+ अ-

काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ ।

बैंकले पुस १ देखि छिटोमा पुस ४ गतेसम्म आवेदन दिन पाउनेगरी ऋणपत्रको बिक्री खुला गरेकोमा निष्काशनमा ल्याइएको सबै ऋणपत्र बिक्री नभएपछि पुस १५ गतेसम्म लम्बिएको हो । यससँगै अब इच्छुक लगानीकर्ताले पुस १५ गते बुधबारसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालय तथा मेरो शेयरको वेव तथा एप मार्फत समेत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

बैंकले कुल प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये २४ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ ।

सर्वसाधारणमा निष्काशितमध्ये ५ प्रतिशत बराबरको ८० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएर १५ लाख २० हजार इकाईका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलएट’ रेटिङ प्रदान गरेको छ ।