२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

अभिनेत्री रकुल प्रीतका भाइ लागुऔषध मुद्दामा पक्राउ

अभिनेत्री रकुल प्रीतका भाइ लागुऔषध मुद्दामा पक्राउ
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रकुल प्रीत सिंहका भाइ अमन प्रीत सिंह लागूऔषध मुद्दामा पक्राउ परेका छन् । यस मुद्दामा अमनसहित ५ जना पक्राउ परेका छन् ।

जसमा नाइजेरियाका एक पुरुष र एक महिला रहेका छन् । तेलंगाना एन्टी नार्कोटिक्स विभागले हैदराबादमा बिक्रीको लागि ल्याएको १९९ ग्राम कोकिन बरामद गरेको छ ।

साइबराबाद पुलिसको राजेन्द्र नगर जोनका डीसीपी श्रीनिवासले भने कि पुलिसले फ्ल्याटमा छापा मारेर ५ जनालाई पक्राउ गरेको थियो । अभियुक्तको साथबाट २ थान राहदानी, १० थान मोवाइल र २ थान दुई पाङ्ग्रे सवारी साधन बरामद भएको छ । उनीहरु सबैको पिसाबको नमूना परीक्षण पोजेटिभ देखिएको छ । मेडिकल पछि पाँचै अभियुक्तलाई अदालतमा पेश गरिने छ ।

प्रहरीका अनुसार लागुऔषध र्‍याकेटको प्रमुख नाइजेरियाली नागरिक डिभाइन इबुका सुजी हुन् । उनी अझै फरार छन् । तर, उनको मुख्य सहयोगी तथा महिला लागूऔषध कारोबारी ओनुओहा ब्लेसिङ पक्राउ परेकी छन् ।

अमनप्रीतसँगै पक्राउ पर्ने चार अभियुक्त अनिकेत रेड्डी, प्रसाद, मधुसूदन र निखिल दमन रहेका छन् । उनीहरु सबै व्यवसायी हुन् । उनीहरुमाथि एनडीपीएस ऐन अन्तर्गत कारबाही भइरहेको छ । यस मामिलामा अमन प्रीत सिंह सहित कुल १३ जनाको नाम समावेश गरिएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका अमनप्रीत सिंहको जन्म १ अप्रिल १९९३ मा भएको थियो । उनको परिवारमा आमा कुलविन्दर र बुबा राजेन्द्र सिंह हुन् । उनी साउथ सिनेमाका अभिनेता हुन् । उनी २०२२ मा आउने फिल्म रामराज्य र निन्ने पेल्लादुत्तामा देखिनेछन् ।