३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट को–को बन्दैछन् मन्त्री ? ओलीसँगै सपथको तयारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट मन्त्री बन्ने आठ जनाकै नाम टुंगो लागेको छ ।

एमालेका अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आठ जना मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

अर्थमन्त्री विष्णु पौडेल हुने निश्चित भएको छ । यस्तै मानवीर राई–रक्षा, पृथ्वी सुब्बा गुरुङ–सञ्चार, विद्या भट्टराई – शिक्षा, दामोदर भण्डारी – उद्योग, राजकुमार गुप्ता– संघीय मामिला, बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् ।

एमालेबाट मन्त्री बन्नेहरुले आजै सपथ लिने छन् ।

एमालेबाट मन्त्री बन्ने निश्चित भएकाहरु :

विष्णु पौडेल – उपप्रधान /अर्थ

मानवीर राई – रक्षा

पृथ्वी सुब्बा गुरुङ – सञ्चार

विद्या भट्टराई – शिक्षा

दामोदर भण्डारी – उद्योग

राजकुमार गुप्ता – संघीय मामिला

बलराम अधिकारी –भूमि व्यवस्था तथा सहकारी

देबेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात