• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पदबाट राजीनामा दिए



एजेन्सी । रिकी पोन्टिङ अर्को सिजन दिल्ली क्यापिटल्सको प्रशिक्षक हुने छैनन् ।

उनी दिल्ली क्यापिटल्सबाट अलग भएका छन् । फ्रेन्चाइजले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् ।

अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ विगत ७ वर्षदेखि दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक थिए । उनको कार्यकालमा दिल्ली क्यापिटल्स कहिल्यै च्याम्पियन बन्न सकेको छैन ।

पोन्टिङको बाहिरिएपछि आगामी सिजनमा वर्तमान टिम निर्देशक सौरभ गांगुलीलाई पनि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइने अपेक्षा गरिएको छ ।

दिल्ली क्यापिटल्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘तपाईंले सात वर्षमा टोलीलाई धेरै कुरा सिकाउनुभयो । तपाईंको योगदान शब्दमा व्यक्त गर्न सम्भव छैन ।’

अस्ट्रेलियाको विश्वकप विजेता टोलीको दुई पटक कप्तान रहेका रिकी पोन्टिङ २०१९ मा टोलीको मुख्य प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा टोली २०२१ मा पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।

२०१९ र २०२० मा प्लेअफका लागि छनोट भयो । टोलीको प्रदर्शन २०२१ पछि खस्कियो । टोली प्लेअफमा पुग्न सकेन । जहाँ आईपीएल २०२४ मा दिल्ली क्यापिटल्स छैटौं स्थानमा रह्यो ।

टोलीका सहायक प्रशिक्षक प्रवीण अमरेले निरन्तरता पाउनेछन् । सौरभ गांगुलीलाई मुख्य प्रशिक्षकको अतिरिक्त जिम्मेवारी दिइने अपेक्षा गरिएको छ ।