१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमाथिको अमेरिकी कारबाही अन्त्य



अ+ अ-

वासिङ्टन । अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । 

सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो । उक्त घटनामा भएको जनधनको क्षतिबापत करोडौं डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिका प्रतिबन्धहरु हटाउन मञ्जुर भएको थियो । सुडानमाथि आतंकवादीलाई प्रश्रय दिने राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले उक्त निर्णय गरेको हो ।

कोरोनाभाइरस महामारीको चपेटामा परेर आर्थिक संकटमा परेको सुडान अहिले राजनीतिक संक्रमणकालमा रहेको छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ । सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न अमेरिकाले सघाउने बताएको छ । अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरु पनि अब खुला हुनेछन् ।

सुडानसँगको सम्झौतामा सुडानले १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अलकायदाद्वारा भएका हमलाका पीडितलाई क्षतिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो । उक्त हमलाहरु सुडानका तत्कालीन राष्ट्रपति ओमार अल–बसिरको शासनकालमा भएका थिए जतिबेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमा रहेका थिए ।