४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन

चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन
अ+ अ-

काठमाडौँ । मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्नुभएको हो । चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ ।

घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रुपमा सो चलचित्रमा देखाइएको छ । “अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे पनि मगर समुदायमा घरमै राखेर ज्वाइँको परीक्षण गरिने परम्परा छ”, निर्देशक मगरले भन्नुभयो । उहाँले भविष्यमा दुःख परेमा ज्वाइँले कसरी सङ्घर्ष गर्छन् र छोरीलाई पाल्छन् भन्ने परीक्षाकै रुपमा घरज्वाइँ बस्ने परम्परालाई बुझ्न आग्रह गर्नुभयो ।

जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन ९खबपु०, राज थापा, कविता आले, शिला आलेलगायत कलाकारको अभिनय देख्न सकिन्छ । अभिनेत्री मिरुना मगरले आफू विदेशमा हुर्किएकाले यस संस्कृतिलाई नजिकबाट चलचित्रकै माध्यमले बुझ्न पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छोरी भएका कारण पनि घरज्वाइँ बस्ने परम्परा गज्जब लाग्यो । आफ्नो छोरीको खुसी जुनसुकै अभिभावकले पनि चाहनुहुन्छ, यसमा आफ्नै घरमा राखेर परीक्षण गरिन्छ । यसले छोरीलाई पाल्न सक्ने व्यक्ति भनेर पहिचान गराउँछ ।”