२५ श्रावण २०८३, सोमबार
,
Latest
विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा आक्रोश: जब अनुसन्धानको सुइँ कसैको ढोकामा पुग्यो, अनि सरकार ढाल्न खोजियो



photo:rss
अ+ अ-

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खोल्न खोजेको २४ घण्टामा नै सरकार ढालिएको दाबी गर्नुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि छलफलमा भाग लिँदै लामिछानेले भ्रष्टचारका फाइल खोल्न खोजेको २४ घण्टामा नै सरकार ढालिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ? न देशलाई थाहा छ, न जनतालाई, न सहमतिकर्ता दलका सांसदहरूलाई नै ।”

लामिछानेले केही नियुक्ति, बेचन झा र प्रतिक थापा पक्राउ परेकै कारण वर्तमान सरकार ढलेको दाबी गर्नुभयो ।उहाँले जनतालाई पनि यही कारणले सरकार ढलेको मात्रै थाहा पाएको दाबी गर्नुभयो । उहाले कांग्रेस र एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमति भनिएकोमा आपत्ति जनाउनु भएको छ ।

उहाँले राष्ट्रिय सहमति राति गर्ने कुरा नभएको भन्दै राष्ट्रिय सहमतिको नामले राष्ट्रियता शब्दको पनि मानमर्दन भएको दाबी गर्नुभयो ।

तस्बिर : रासस