२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको गुनासो – बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बन्यो



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउपछि नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो दाबी गरेका हुन् ।

सरकारले सुशासनका काम अगाडी बढाएको र खास गरी बेचन झाको पक्राउपछि परिस्थिति बदलिएको उनको भनाई छ ।

यस्तै, पाण्डेले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियासँग सम्बन्धी काम एक दलको मात्र नभएर सबैले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे ।

उनले सरकारले सरकारी कार्यालयमा लाग्ने लामो लाइनलाई हटाएको, नागरिकताको समस्या समाधान गरेको र सुशासनका काम गरेको जनाउँदै अन्तर्राष्ट्रिय तहमा सरकारले आफ्नो उपस्थिति राम्रोसँग देखाएको दाबी गरे ।