२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौंः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टी पंक्ति परिचालन गरिने जनाए ।

‘देशभक्तिमा के तागत हुन्छ ? राष्ट्रवादमा के तागत हुन्छ ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? अब हामी देखाइदिनेछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने, सुशासन र शान्ति कायम गर्ने नीति तथा व्यवहारको तागतले पनि निर्वाचनमा सहजै जित हासिल हुने दाबी गरे । ‘यस्तो काम सञ्चालन गर्न हामीसँग सशक्त, विचारमा स्पष्ट र गतिशील पार्टी चाहिन्छ,’ उनले भने । उनले यसैका लागि केन्द्रीय समितिमा ५ सय ५६ जनालाई थप गरी १ हजार १ सय जनाको केन्द्रीय कमिटी बनाइएको जानकारी दिए । अहिले विशेष परिस्थिति भएको र सिंगो पार्टी पक्तिलाई निर्वाचन र जनहितमा केन्द्रित गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीलाई केही ठूलो पार्नुपरेको उनले जनाए ।

‘एकथरी मान्छेहरू विभाजनका लागि उद्यत छन् । त्यस कुरालाई पनि ध्यानमा राख्नुपर्छ । विभाजित भएर छुट्टियो नै भने पनि आन्दोलनलाई कमजोर हुन नदिने गरी अगाडि बढ्नुपर्छ । अध्यक्षको नाताले मैले पार्टीलाई कुनै पनि हालतमा असफल हुन दिनुहुन्न, गतिहीन बन्न दिनुहुँदैन । आन्दोलनलाई सिद्धिन दिनुभएन । पार्टीलाई ध्वस्त हुन दिनुभएन त्यसकारण सदस्यहरू थपिएको हो,’ ओलीले भने ।

सहमतिमै एकीकरणका कार्य सम्पन्न गर्दै एकताको महाधिवेशन गर्नुपर्नेमा त्यो बाटो नै नलिई गुटबन्दी, अस्वस्थता, अनुशासनहीनता र अराजकताको सिकार भएर फुटको औजार बन्ने चरित्रका कारण पार्टीमा खतरा उत्पन्न भएको उनले बताए । राजधानी दैनिक