२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना सञ्चालनमा ल्याएको छ ।

नेपाली उपभोत्तालाई सधै अन मार्फत सशत्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित यो नयाँ योजना ल्याइएको हो ।

उद्यमी व्यावसायीका लागि मासिक रेन्टलमा ४ सय ९९ देखि १ हजार ९ सय ४९ सम्मका पाँचवटा योजनाहरु ल्याएको छ । जस अन्र्तगत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि समावेश गरिएको छ । मेरो लगानी एपले शेयरबजारको नाफा नोक्सान ट्रयाक गर्ने जनाइएको छ ।

यस्तो सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान पनि लिन सक्ने कम्पनीको भनाइ छ ।

नेपाली व्यावसायीको डेडिकेटेड विजनेस पाटर्नसको रुपमा ऐनसेलले इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रको दिगो बृद्धिलाई सहयोग पुर्याउने विश्वास एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले गरेका छन् ।

‘बिज सधैं अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ ।

यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।

४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् ।

९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १,५९९ र १,९४९ को मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० ९बजार शुल्क भन्दा २ गुणा कम शुल्क० मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स१२३ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।