२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना



अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यावसायिक जगतलाई ध्यानमा राखी डिजाइन गरिएको “बिज सधै अन” योजना सञ्चालनमा ल्याएको छ ।

नेपाली उपभोत्तालाई सधै अन मार्फत सशत्त बनाउने प्रतिवद्धता अनुरुप फाइभजी भिजनमा आधारित यो नयाँ योजना ल्याइएको हो ।

उद्यमी व्यावसायीका लागि मासिक रेन्टलमा ४ सय ९९ देखि १ हजार ९ सय ४९ सम्मका पाँचवटा योजनाहरु ल्याएको छ । जस अन्र्तगत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि समावेश गरिएको छ । मेरो लगानी एपले शेयरबजारको नाफा नोक्सान ट्रयाक गर्ने जनाइएको छ ।

यस्तो सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान पनि लिन सक्ने कम्पनीको भनाइ छ ।

नेपाली व्यावसायीको डेडिकेटेड विजनेस पाटर्नसको रुपमा ऐनसेलले इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रको दिगो बृद्धिलाई सहयोग पुर्याउने विश्वास एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले गरेका छन् ।

‘बिज सधैं अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ ।

यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।

४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् ।

९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १,५९९ र १,९४९ को मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० ९बजार शुल्क भन्दा २ गुणा कम शुल्क० मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स१२३ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।