३० माघ २०८१, बुधबार
,
Latest
बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने



अ+ अ-

काठमाडौं । डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ । चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको हो ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको छ । भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ ।

फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा उपस्थित वक्ताहरूले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस्ता कार्यक्रमले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिक उपार्जनका लागि माध्यम बन्ने आयोजक चोया डिजिटल सोलुसन प्रा.लि.का अध्यक्ष राजकुमार सिलवालले बताए ।

उनीहरूले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्त्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचारप्रसारको कमी भएको बताए ।