२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

पहिलो पटक २६८ मत पाएका प्रधानमन्त्री दाहालले भोलि कति पाउलान् ?

पहिलो पटक २६८ मत पाएका प्रधानमन्त्री दाहालले भोलि कति पाउलान् ?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभामा पाँचौं पटक विश्वासको मत लिँदै छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेकाले प्रधानमन्त्रीले भोलि विश्वासको मत पाउने कुनै सम्भावना छैन । कांग्रेस–एमाले समीकरणमा संसद्का अधिकांश दलले साथ दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ सांसद छन् । यसैगरी नेकपा एमालेका ७९ सांसद छन् । दुई दलका सांसदको संख्या जोड्दा नै नै १ सय ६७ पुग्छ । सरकार गठनका लागि १ सय ३८ सांसद चाहिन्छ ।

यसैगरी १४ सांसद भएको राप्रपा, ७ सांसद भएको जनता समाजवादी पार्टी, ५ सांसद भएको जनता समाजवादी पार्टी नेपाल, ४ सांसद भएका लोकतान्त्रिक समाजवादी पार्टी, ६ सांसद भएको जनमत पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताइसकको छन् । ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी, एक एक सांसद भएका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने अहिलेसम्म आफ्नो स्पष्ट धारणा ल्याएका छैनन् ।

प्रधानमन्त्री दाहालको पक्षमा ३२ सांसद भएको नेकपा माओवादी केन्द्र, २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएका छन् । यी तीन दलको सांसद संख्या ६३ मात्र हुन्छ । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिँदा यिनै ६३ सांसदले पक्षमा मतदान गर्ने छन् । उनलाई सरकार टिकाउन यो पर्याप्त संख्या होइन । प्रधानमन्त्री दाहालले विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ । त्यति सांसद पुर्‍याउन नसकेको दाहाल नेतृत्वको सरकार ढल्ने छ र कांग्रेससँगको सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

प्रधानमन्त्री दाहालले संसद्मा लगातार विश्वास मत कम ल्याउँदै अहिले त बहिर्गमनमै पर्ने अवस्था देखिएको छ । यसअघि गत जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदा दाहालले १ सय ५७ मत प्राप्त गरेका थिए । विपक्षमा कुनै मत परेको थिएन ।

त्यसअघि दाहालले २०८० फागुन ३० गते तेस्रो पटक विश्वासको मत पाएका थिए । त्यस बेला दाहालले १ सय ५७ मत नै पाएका थिए भने विपक्षमा ११० मत खसेको थियो ।

त्यसैगरी २६ पुस २०७९ मा पहिलो पटक र ६ चैतमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले दाहाललाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २ सय ६२ सांसदमध्ये १ सय ७२ जनाले विश्वासको मत दिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।