• १४ श्रावण २०८१, सोमबार
  •      Mon Jul 29 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणासँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट ★   तीन जना प्रदेश प्रमुख बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय ★   १८ देशमा राजदूत सिफारिस, भारतमा शंकरले निरन्तरता पाउँदा चीनमा कृष्ण ★   निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधान संसदीय सुनवाइ समितिबाट अस्वीकृत ★   जुडो खेलाडी मनिता पेरिस ओलम्पिकको पहिलो चरणबाट बाहिरिइन् ★   धनुषामा एक पुरुषको हत्या ★   ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता ★   मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा ★   मुग्लिनको पुलबाट हामफालेर एकजना बेपत्ता ★   पाथीभरामा आठ करोड भेटी मौज्दात

पहिलो पटक २६८ मत पाएका प्रधानमन्त्री दाहालले भोलि कति पाउलान् ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभामा पाँचौं पटक विश्वासको मत लिँदै छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भइसकेकाले प्रधानमन्त्रीले भोलि विश्वासको मत पाउने कुनै सम्भावना छैन । कांग्रेस–एमाले समीकरणमा संसद्का अधिकांश दलले साथ दिएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ सांसद छन् । यसैगरी नेकपा एमालेका ७९ सांसद छन् । दुई दलका सांसदको संख्या जोड्दा नै नै १ सय ६७ पुग्छ । सरकार गठनका लागि १ सय ३८ सांसद चाहिन्छ ।

यसैगरी १४ सांसद भएको राप्रपा, ७ सांसद भएको जनता समाजवादी पार्टी, ५ सांसद भएको जनता समाजवादी पार्टी नेपाल, ४ सांसद भएका लोकतान्त्रिक समाजवादी पार्टी, ६ सांसद भएको जनमत पार्टीले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने बताइसकको छन् । ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी, एक एक सांसद भएका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने अहिलेसम्म आफ्नो स्पष्ट धारणा ल्याएका छैनन् ।

प्रधानमन्त्री दाहालको पक्षमा ३२ सांसद भएको नेकपा माओवादी केन्द्र, २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा एकीकृत समाजवादीले मात्र साथ दिएका छन् । यी तीन दलको सांसद संख्या ६३ मात्र हुन्छ । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिँदा यिनै ६३ सांसदले पक्षमा मतदान गर्ने छन् । उनलाई सरकार टिकाउन यो पर्याप्त संख्या होइन । प्रधानमन्त्री दाहालले विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ । त्यति सांसद पुर्‍याउन नसकेको दाहाल नेतृत्वको सरकार ढल्ने छ र कांग्रेससँगको सहमतिअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् ।

प्रधानमन्त्री दाहालले संसद्मा लगातार विश्वास मत कम ल्याउँदै अहिले त बहिर्गमनमै पर्ने अवस्था देखिएको छ । यसअघि गत जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदा दाहालले १ सय ५७ मत प्राप्त गरेका थिए । विपक्षमा कुनै मत परेको थिएन ।

त्यसअघि दाहालले २०८० फागुन ३० गते तेस्रो पटक विश्वासको मत पाएका थिए । त्यस बेला दाहालले १ सय ५७ मत नै पाएका थिए भने विपक्षमा ११० मत खसेको थियो ।

त्यसैगरी २६ पुस २०७९ मा पहिलो पटक र ६ चैतमा दोस्रो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले दाहाललाई मत दिएका थिए । दोस्रो पटक बैठकमा उपस्थित २ सय ६२ सांसदमध्ये १ सय ७२ जनाले विश्वासको मत दिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।