४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा



अ+ अ-

काठमाडौँ । असार ३० गतेदेखि शुरु हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो । असार ३० देखि शुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगिताको तयारी बापत सहभागी क्लवले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मैदानमा हुने उहाँले बताउनु भयो ।

एन्फाले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे शुरु हुनेछ । प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लव, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्यायाङदी क्लव, नेपाल पुलिस क्लव, न्युरोड टिम, संकटा क्लव, सातदोबाटो युथ क्लव, थ्रीस्टार क्लव र त्रिभुवन आर्मी फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् ।