४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्यवृद्धिदर २.६६ प्रतिशतले घट्यो



अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०–८१ को जेठ महिनामा मुद्रास्फीति घटेको छ ।

चालू वर्षको ११ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ४.१७ प्रतिशत रहेको जानकारी दिएको छ । अघिल्लो वर्षको जेठ महिनामा मूल्यवृद्धि दर ६.८३ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा यो आवमा २.६६ प्रतिशतले मूल्यवृद्धि घटेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैह्र–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२ प्रतिशत छ ।

यस्तै, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैह्र–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढ्दा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।

जेठ महिनामा काठमाडौं उपत्यकाको उपभोक्ता मूल्यवृद्धि दर ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको ४.६३ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।अघिल्लो वर्षको जेठान काठमाडौंको ७.१९ प्रतिशत, तराईको ६.९३ प्रतिशत, पहाडको ६.२८ प्रतिशत र हिमालको मूल्य वृद्धिदर ६.३९ प्रतिशत थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/07/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eleven-Months-data-of-2080.81.pdf” title=”Current Macroeconomic and Financial Situation -Nepali (Based on Eleven Months’ data of 2080.81)”]