१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन विशेष समितिले आज सहकारी पीडितसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितहरूसँग छलफल गर्दै छ । हिजो बसेको समितिको बैठकले आज ११ बजे पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सिंहदरबारमा बस्ने बैठकमा सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने तयारी छ । आजको बैठकमा सहकारीका पीडितका समस्याबारे जानकारी आउन सक्ने अपेक्षा समितिले गरेको छ ।

समितिले २९ वटा सहकारीमाथि छानबिन गर्ने जिम्मेवारी पाएको छ । आज सबै सहकारीका पीडितहरुलाई बैठकमा बोलाइएको छ । पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

सबै पीडितलाई बोलाएर छलफल गर्न सम्भव नहुने भएकाले प्रतिनिधिमूलक ढंगले छलफल गर्न लागिएको हो । संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम समितिले बनाएको हो ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने समितिले जनाएको छ ।