३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन विशेष समितिले आज सहकारी पीडितसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितहरूसँग छलफल गर्दै छ । हिजो बसेको समितिको बैठकले आज ११ बजे पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

सिंहदरबारमा बस्ने बैठकमा सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढङ्गले छलफल गर्ने तयारी छ । आजको बैठकमा सहकारीका पीडितका समस्याबारे जानकारी आउन सक्ने अपेक्षा समितिले गरेको छ ।

समितिले २९ वटा सहकारीमाथि छानबिन गर्ने जिम्मेवारी पाएको छ । आज सबै सहकारीका पीडितहरुलाई बैठकमा बोलाइएको छ । पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।

सबै पीडितलाई बोलाएर छलफल गर्न सम्भव नहुने भएकाले प्रतिनिधिमूलक ढंगले छलफल गर्न लागिएको हो । संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम समितिले बनाएको हो ।

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो । अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने समितिले जनाएको छ ।