५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता



अ+ अ-

एजेन्सी ।  स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफूमाथि बन्दुकधारीले चार पटक गोली हानेको करिब दुई महिनापछि मङ्गलबार काममा फर्किएको बताउनुभएको छ ।

मध्य स्लोभाकियामा एक सरकारी बैठकपछि ५९ वर्षीय फिकोमाथि नजिकैबाट गोली हानिएको थियो । उहाँको नजिकैको एक अस्पतालमा दुई वटा लामो शल्यक्रिया गरिएको थियो ।

स्लोभाक मिडियाले बन्दुकधारीको पहिचान ७१ वर्षीय कवि जुराज सिन्तुलाका रूपमा गरेको थियो र उनीमाथि आतङ्कवादको आरोपमा मुद्दा चलाइएको छ । उनी मुद्दाको प्रतीक्षामा हिरासतमा छन् ।

फिकोले आफ्नो मध्यमार्गी एसएमइआर–एसडी पार्टी, मध्यमार्गी हलास र ५४ लाख जनताको युरोपेली सङ्घ ९इयु० तथा नाटो सदस्यहरूको शासन गर्ने अति दक्षिणपन्थी एनएनएससहितको तीन पक्षीय गठनबन्धनको नेतृत्व गर्नुहुन्छ ।

प्राय हङ्गेरीका समकक्षी भिक्टर ओर्बनका साथ इयुद्वारा आलोचना गरिने राष्ट्रवादी झुकाव भएका फिको पत्रकारहरूबाट बच्नका लागि एउटा सुरुङमार्फत मङ्गलबारको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको स्लोभाक मिडियाले बताएका छन् ।

फेसबुकमा आफ्नो कार्यालयमा आफ्नो एक तस्बिर पोस्ट गर्दै उहाँले भन्नुभयो, “प्रिय प्रगतिशील उदारवादी मिडिया र विपक्षी, म बाँचेकोमा क्षमा चाहन्छु तर फिर्ता आएको छु ।”

गत शरद ऋतुमा फिकोले पदभार ग्रहण गरेपछि सन् २०२२ देखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सैन्य सहायता जारी राख्न स्लोभाकियाले अस्वीकार गरेको थियो । उहाँले पनि हङ्गेरीका ओर्बनजस्तै रुससँग शान्ति वार्ताको वकालत गरिहनुभएको छ ।

फिकोको मन्त्रिपरिषद्ले न्यायिक र मिडिया स्वतन्त्रतालाई खतरामा पार्ने विधेयकहरूलाई अनुमोदन गरेर अचम्मित पारेको छ ।

मे ३१ मा फिकोलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो र गत शुक्रबार ब्रातिस्लाभा नजिकै एक समारोहमा उहाँ पहिलोपटक सार्वजनिकरूपमा देखा पर्नुभएको थियो ।

एक भाषणमा उहाँले ओर्बनको मस्कोको विवादास्पद भ्रमणको प्रशंसा गर्दै भन्नुभयो , “यदि म स्वस्थ भएको भए उहाँसँग सहभागी हुन मन पर्थ्यो ।”

उहाँले स्लोभाकियालाई क्यान्सरसँग तुलना गर्दै ‘प्रगतिशील र उदारवादी विचारधारा’ लाई रोक्न पर्खाल निर्माण गर्न पनि आह्वान गर्नुभयो ।

हत्याको प्रयासपछि उहाँ बैसाखीको सहाराले हिँड्नुहुन्छ । उहाँको तौल पनि स्पष्टरूपमा घटेको छ ।