२२ बैशाख २०८२, सोमबार
May 5, 2025 Monday
Latest
प्रधानमन्त्री ओलीसँग देउवाको दुई घण्टा छलफल, के भयो कुरा ? अख्तियारको आँखा माधवकुमार नेपालतिर, बयान लिएर छाडियो ! नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिन सांसदहरूको आग्रह प्रधानन्यायाधीश राउत नेतृत्वको बेलायत भ्रमण महत्त्वपूर्ण महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ-बालेन ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’ भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँः मन्त्री पौडेल प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस नीति तथा कार्यक्रम सकारात्मक- डा प्रकाशशरण मह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँगको फोटो राख्दै बाबुराम भन्छन्– को कति मोटायो हेर्नुस् ?



अ+ अ-

काठमाडौं । राजनीतिमा को कतिबेला शत्रु बन्छ को मित्र भन्ने नै हुँदैन ।

१० वर्षे सशस्त्र संघर्ष गर्दा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको सम्बन्ध कस्तो थियो भनेर भनि राख्नै पर्दैन । त्यति मात्र हो र गत निर्वाचनमा आफ्नै निर्वाचित क्षेत्र छाडेर भट्टराईले गोर्खाबाट दाहाललाई चुनाव जिताए ।

तर अहिले सम्बन्ध यस्तो भएको छ कि दुई नेताबीच पानी बाराबार छ । दाहालले भट्टराईको दल नेपाल समाजवादी पार्टी विभाजित गराएर एउटा समूह माओवादीमा मिलाएका थिए । सम्बन्ध यस्तोसम्म पुगेको छ कि अब दाहाल र भट्टराईबीच एक अर्काका विगतका कमजोरीसमेत छताछुल्ल बनाउने अभियानमा लागेका छन् ।

केहि दिनअघि गण्डकी प्रदेशसभाका सदस्य फणिन्द्र देवकोटाको प्रदेशसभा सदस्यता खारेज गरिदिने नेकपा माओवादी केन्द्रको निर्णयपछि त भट्टराई झनै आक्रोसित भएका छन् । पछि सर्वोच्च अदालतले देवकोटाको सदस्यता माओवादी केन्द्रले खारेज गर्न नसक्ने ठहर गरेको थियो ।

राजनीतिक रुपमा कुरा नमिलेपछि दाहालले गरेका अनियमिता र भ्रष्टाचारका कुरा भट्टराईले लगातार उठाउँदै आएका छन् । आज त झन् सामाजिक सञ्जालमा निकै पुरानो फोटो राखेर त्यसमा टिप्पणी खोजेका छन् । उनले दाहाल भ्रष्टाचार गरेर मोटाएको संकेत गर्दै भनेका छन् – गत ३० वर्ष (सन् १९४–२०२४)मा को कति मोटायो आफैं मूल्यांकन गरौं ।