२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको फाइनलमा पुग्न फ्रान्स र स्पेन भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । फाइनल पुग्नका लागि फ्रान्स र स्पेन भिड्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यसैगरी फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

दुई टोलीबीच हालसम्म ३६ खेलहरु भएका छन् । जसमा स्पेनले १६ खेल जितेको छ भने फ्रान्सले १३ खेल जितेको छ । ७ खेल बराबरी भएका छन् ।