४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । गीतकार रुद्रनाथ अधिकारीका तीन म्युजिकि भिडियोहरु सार्वजनिक भएका छन् ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच अधिकारीका तीन म्युजिक भिडियो एकसाथ सार्वजनिक भएका हुन् । ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिजमा’ बोलका गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बुझ मायालुमा प्रमोद खरेलको स्वर रहेको छ भने नरेन खड्का, समिक्षा क्षेत्री र अनुप बोहराको अभिनय रहेको छ ।

यस्तै रहेछ भाग्यमा पनि प्रमोद खरेलकै स्वर रहेको छ भने पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेहको छ । त्यस्तै यसपालिको तिजमा अञ्जली अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै गीतकार ज्योतिष पण्डित डा. रुद्रनाथ अधिकारीले आफूले आफ्ना दुर्घटनाका क्रममा भोगेका भोगाइहरुलाई गीतमार्फत व्यक्त गरेको बताउनु भयो । उहाँले नेपाली गीत संगीतको क्षेत्रमा आजबाट नै एउटा हाँसको रुपमा जोडिएको र सकेको सहयोग गर्दै जाने बताउनु भयो ।

उहाँले नेपाली गीत, संगीतको क्षेत्रमा आफू शुरुवाती चरणमा रहेको भन्दै सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो ।