४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते



अ+ अ-

काठमाडौँ । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन् ।

साथै कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँचजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छभने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताउनुभयो ।

यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् । बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस