१२ आश्विन २०८१, शनिबार
,
Latest
ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दकोठामै हराउँछ एकल महिलाको आवाज



अ+ अ-

पोखरा । मानव अधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्व प्रभावित महिलाको पहुँच’ विषयक प्रदेश स्तरीय एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

द्वन्द्व प्रभावित एकल महिलाले व्यवस्था बदलिए पनि अवस्थामा परिवर्तन हुन नसक्दा पीडितको आवाज बन्दकोठामा मात्रै सीमित हुने गरेको बताएका छन् । पीडा र छटपटिका स्वरले कार्यक्रम हलमा गुञ्जे पनि कार्यक्रमसँगै आवाज विलीन हुँदा न्याय पाउन नसकेको एकल महिलाले गुनासो गरेका हुन् ।

सहभागीहरुले परिवर्तित व्यवस्थाका लागि आफ्ना परिवारका सदस्यले बलिदानी गरेको स्मरण गर्दै पीडितले परिवर्तनको आभाष गर्न नसकेको बताएका हुन् । सो कार्यशाला गोष्ठीमा प्रदेशका ८ जिल्लाका ५५ जनाको सहभागिता रहेको समूहका प्रदेश सचिव मीना अधिकारीले जानकारी दिनुभयो । तस्वीर : जमुनावर्षा शर्मा/रासस