२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जबाट एक करोड ८९ लाख बराबरको सामान बरामद



अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीले बिनाबिलको रु एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो  समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ । रासस