२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका मन्त्री लक्षित बर्तौलाको प्रश्नः गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गर्नुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरुले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताउनु भयो । उहाँले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनि प्रश्न गर्नुभयो ।

उहाँले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेका टिप्पणी गर्नुभयो । उहाँले मन्त्रीहरुलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीज्यू आजपनि कुर्सिमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ति साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने । प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनु भयो । त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरु फर्किनुभएको छ । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईहरु पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहान्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईहरुले धम्की मात्रै दिएर पुग्छ ? यो संसदको हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ति सूचना तपाईले दिनुपर्छ ।’

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बंग्याउन खेतीपाती गरिरहेको बताउनु भयो ।




भर्खरै