१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरका सात स्थानमा ७५ भन्दाबढी कलाकारको प्रस्तुति



अ+ अ-

काठमाडौँ: काठमाडौँ महानगरपालिका वडा-८ का विभिन्न सात स्थानमा साप्ताहिक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजना, सांस्कृतिक महानगरअन्तर्गत काठमाडौँ महानगरपालिकाले विभिन्न सात वटा वडामा यस कार्यक्रमलाई साप्ताहिक सांस्कृतिक कार्यक्रमअन्तर्गत अगाडि बढाएको छ ।

सोही कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका वडा-८ को पशुपति भुवनेश्वरी डवली, इँट्टापाखा, दथु टोल, जयबागेश्वरी परिसर, नवाली टोल, तिलगङ्गा तथा पशुपति परिसरमा रहेको घ्याम्पे सत्तलमा कार्यक्रम सम्पन्न भएको काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडा अध्यक्ष आशामान संगतले बताउनुभयो ।  उहाँले विशेषगरी डवली तथा पाटीमा कलाकारले प्रस्तुति दिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका कला, भाषा, जात्रा, पर्व, मेला, अमूर्त सम्पदाको सङ्ग्रहालय रहेको बताउँदै उहाँले धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेकाले विभिन्न चाड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको निर्माणका कारण विश्वकै दर्शनीय स्थलमध्येको एक सहरका रूपमा काठमाडौँ परिचित रहेको पनि बताउनुभयो ।

लोक संस्कृति एवं परम्परागत बाजागाजाको महत्त्वलाई अंङ्गिकार गर्दै यस किसिमका कार्यक्रमको आयोजना हुनु आफैमा महत्वपूर्ण भएको अध्यक्ष संगतले बताउनुभयो ।

उहाँले विशेषगरी सम्पदा तथा पर्यटन विभागको तदारूकतामा बाजा गाजाको संरक्षणार्थ विभिन्न कार्यक्रमहरू भइरहेको बताउँदै सांस्कृतिक कार्यक्रममा धिमे बाजा, बाँसुरी, नाय्खीं, धाः धिमे, पछिमा, खिं, मादल, नाय  खिं,  भुस्या, ताः चिम्ता बबुचा छुस्यालगायतका बाजा समेटेर कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

सांस्कृतिक कार्यक्रममा मङ्गलधुन, सयथरी बाजा, येला लुवया, सितला, जिगु थो मन, झांगद, धाः बाजा, पशुपतिनाथ, लाखे, म्युजिक कम्पोजिसन, ल्यामम दाजु मिक्स कम्पोजिसन लगायतका धुनहरू प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । जसमा कलाकारहरू नेवारी पहिरनमा प्रस्तुत भएका थिए । करिव ७५ जना कलाकारले सामुहिक रूपमा प्रस्तुत गरेको कार्यक्रममा सबै कलाकारहरू आ-आफ्नो मौलिक परम्परागत रूपमा सजिएको थिए ।रासस