१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ, २३ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताउनुभयो ।

उहाँले मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताउनुभयो । उहाँले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलन गरेको स्मरण गर्नुभयो ।

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले यहि असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । रासस