२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् । काँग्रेस सांसद रामहरि खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले कुनैपनि काममा अवरोध गर्न नहुने बताउनु भयो ।

सांसद खतिवडाले भन्नुभयो, ‘सदनले सरकारलाई पन्छाउनु पर्‍यो । बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले ससदको कामलाई पनि छेकेको छ ।’

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताउनु भयो । संविधानले उहाँलाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनु भयो ।

सांसद पन्तले भन्नुभयो, ‘लोकतन्त्रको शौन्दर्य त्यसको एउटा नैतिक पक्ष हुन्छ । एउटा संवैधानिक पक्ष पनि हुन्छ । तर नैतिक कुराहरु संविधानमा लेखिएको हुँदैन । अहिलेको नैतिक प्रश्न के हो भने प्रधानमन्त्रीले राजीनामा दिनुहोस । यद्यपि संविधानले उहाँलाई विश्वासको मत लिने अधिकार दिएको छ । विश्वासको मत लिने समय पनि दिएको छ । तर नैतिक पक्ष त्यो होइन । अत्याधिक रुपमा उहाँले बहुमत गुमाईसकेपछि राजीनामा गर्नु उपयुक्त हुन्छ । बहुमत नभएकाले उहाँको काम राजीनामा दिने मात्रै हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताउनु भयो । उहाँले प्रधानमन्त्रीसँग बढिमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गर्नुभयो ।

सांसद कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्री दाहालसँग ६३ मत मात्रै रहेकाले बहुमत पुर्‍याउन गाह्रो छ । त्यसकारण यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर काँग्रेस, एमालेसहितका सांसदहरुले भने सत्ता साझेदार दलहरुको समर्थन गुमाउँदै गएका प्रधानमन्त्रीले पदमा बसिरहन उपयुक्त नहुने जिकिर गर्दै आएका छन् ।