२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह



अ+ अ-

तनहुँ । तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपासमा दाउरा तथा बालुवा सङ्कलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । जलसतह बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । जलसतह बढेकाबेला नदीबाट काठलगायत वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

बाढी र पहिराले बिजुलीका खम्बामा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरोध भएको हो । व्यास नगरपालिका–१ र ३ जोड्ने बुल्दीखोलामा निर्माणाधीन पुलको आडमा रहेको विद्युत्को खम्बा बुल्दीखोलाले बगाउँदा अवरोध भएको थियो । उक्त बिजुलीका खम्बा मर्मतपछि विद्युत् सेवा सञ्चालन भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा पहिराका कारण सात वटा बिजुलीका खम्बा ढलेपछि उक्त दुई पालिकामा विद्युत् अवरुद्ध भएको हो । “म्याग्दे, शुक्लागण्डकी, व्यास र आँबुखैरेनी गाउँपालिकामा १५ भन्दा बढी बिजुलीका खम्बामा क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “आज बिहानदेखि विद्युत् अवरोध भएका स्थानमा सञ्चान गर्न कर्मचारी कार्यस्थलमा खटाइसकिएको छ ।” निरन्तर पानी परिरहेकाले काम गर्न कठिनाइ भइरहेको केन्द्र प्रमुख रेग्मीले बताउनुभयो । रासस