७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेट टिमकी सदस्य अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यानको केन्द्रिय कार्य समिति बैठकले महिला क्रिकेट टिम ब्यबस्थापक र टीम प्रशिक्षकमाथि अभद्र व्यवाहार गरेको भन्दै बेगमलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यस्तै, फिक्सिङ आरोपमा अदालतबाट निर्दोष सावित भएका आदिल आलमको निलम्बन एकहप्ता भित्र फुकुवा हुनेगरी प्रकृया अगाडि बढाउन अनुशासन समितिलाइ आवश्यक निर्णय गर्न पनि निर्देशन दिएको छ।

त्यसैगरी, क्यानले सातै प्रदेशका संघहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने र प्रादेशिक क्रिकेट संघहरुमा डेभलपमेन्ट अफिसरको आवश्यकता देखिएको हुँदा ७ वटै प्रदेशहरूसँग समन्वय गरी प्रदेशहरूको सिफारिस अनुसार डेभलपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय गरेको छ ।

क्यानले केन्द्रीय सदस्य प्रदीप मजगैयाको संयोजकत्वमा ’महिला विकास समिति गठन गरेको छ । सदस्यमा तेज प्रकाश भट्ट, दिवाकर थापा, जिना श्रेष्ठ, सुवास जैसवाल, कृष्ण प्रसाद श्रेष्ठ, नारद नेपाल र समितिको मेण्टरको रूपमा पूर्व कप्तान लेखबहादुर क्षेत्री रहेका छन् ।