२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुुई करोड तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को हप्ता शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सकारको समर्थन फिर्ता लिइसकेको छ । एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । प्रधानमन्त्रीसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा ९७० गरेर ७० सांसद छन् । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।