२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने



अ+ अ-

काठमाडौं । सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले छानबिनको दायरामा परेका सहकारीको अवस्था र तिनीहरुमाथि जारी अनुसन्धानका बारेमा बुझन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरक्षिक बसन्त कुँवरसहितका सुरक्षा अधिकारीलाई छलफलका लागि समितिमा बोलाएको छ ।

छानबिनको दायरामा ल्याइएका सहकारीको अवस्था र देशभर प्रहरी कार्यालयमा यसबारे भइरहेको अनुसन्धान अवस्थालगायतका विषयमा बुझ्न समितिले गृहसचिव अर्याल, प्रहरी महानरीक्षक कुँवर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्याम ज्ञवाली र अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङलाई आज समितिको कार्यालयमा बोलाइएको हो । यस्तै समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई पनि उपस्थित समितिले निर्देशन दिएको छ ।

२०८० साल चैत ११ मा राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधान तथा गृहमन्त्री र रवि लामिछाने र प्रहरी महानिरीक्षक कुँवरसहितका अधिकारीलाई बोलाइएको थियो । सहकारी ठगीबारे गृहमन्त्रीसहितको संलग्नताबारे बैठकमा विषय उठेको थियो । त्यसको जवाफमा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्री लामिछानेविद्ध आरोप पुष्टि हुने कुनै आधार नदेखिएको भन्दै बचाउ गरेका थिए ।

समितिले भने आरोप लागेका व्यक्ति तथा संस्थाहरुको तथ्य/प्रमाण बुझ्ने काम जारी रहेको जनाएको छ ।