२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा अभियुक्त समाउन प्रहरीले चलायो गोली



अ+ अ-

काठमाडौं । बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलाएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका-६ शिखनपरुवामा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका सरमानसिंह सरदारलाई गोली हानि पक्राउ गरेको हो ।

अभियुक्त सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले बताए ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् भने स्थानीय ३० वर्षीय नानक सिंह शिख र सरदारलाई गोली लागेको छ ।उनीहरुको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।