२४ मंसिर २०८२, बुधबार
,
Latest
भन्सार विभाग–एजेन्ट महासंघबीच सहमति, देशभरका भन्सार कार्यालय नियमित डीएसपी नेपाल बहुविवाह आरोपमा पक्राउ सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा अभियुक्त समाउन प्रहरीले चलायो गोली



अ+ अ-

काठमाडौं । बाँकेमा अभियुक्त समाउन प्रहरीले गोली चलाएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका-६ शिखनपरुवामा चोरी मुद्दामा ६ वर्ष सजाय पाएका सरमानसिंह सरदारलाई गोली हानि पक्राउ गरेको हो ।

अभियुक्त सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकारीले बताए ।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएका छन् । प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन् भने स्थानीय ३० वर्षीय नानक सिंह शिख र सरदारलाई गोली लागेको छ ।उनीहरुको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ ।

सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।