२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो



अ+ अ-

एजेन्सी । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फर्किएको छ।

बेरील आँधीका कारण बार्बाडोसको विमानस्थल बन्द भएपछि भारतीय टोली बिहीबार विहान ६ दिनपछि स्वदेश फर्किएको हो।

दिल्ली एयरपोर्टमा टोलीको भव्य स्वागत गरिएको थियो।स्वागतका लागि विमानस्थलमा फ्यानहरू पहिलेदेखि नै उपस्थित थिए।

टोली एयरपोर्टबाट दिल्लीको आईटीसी मौर्य होटल पुगेको छ। भारतीय टोलीले आजै दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय मिडियाले जनाएका छन्।

 

कप्तान रोहित शर्माले ट्वीट गर्दै जुन ४ मा साँझ ५ बजेदेखि टोलीले मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा विजयको उत्सव मनाउने परेड निकाल्ने जानकारी दिएका छन्।

जुन २९ मा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो। रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो।