११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ हजार बढी अमेरिकी सैनिक हाई अलर्टमा, रुस र युक्रेनबीचको तनाव बढ्यो



अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार त्यसलाई मध्यनजर गर्दै अमेरकी रक्षा विभाग पेन्टागनले ८ हजार ५०० अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथका लागि हाई अलर्टमा राखेको छ । 

पेन्टागनका प्रवक्ता जोन कीर्बीका अनुसार सैनिकहरुको उक्त टोलीमा कम्ब्ययाट टिम, हेल्थ वर्कर्स, इन्टेलिजेन्स र सर्भिलान्स रहेका छन् । 'अहिलेसम्म सैनिकहरुलाई न कुनै आदेश दिइएको छ न कुनै मिशन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नाटोलाई बलियो बनाउनका लागि अमेरिकी सैनिकलाई तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी फोर्सेसको तैनाथ नाटोको फैसलामा समर्पित हुनेछ ।' प्रवक्ता जोन कीर्बी बताउँछन् । 

यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथिको हमलाले गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसको सम्भावित हमलाविरुद्ध लड्नका लागि बेलयातले युक्रेनलाई ठूलो संख्यामा अत्याधुनिक एन्टी ट्यांक मिसाइल र एंग्लो-स्वीडिश एन्टी ट्यांक गाइडेड मिसाइलहरु दिएको छ । 

रसियाले भने एटलान्टिक, प्रशान्त, भूमध्यसागर र उत्तरी सागरमा आफ्नो १४० वारशिपसँगै युद्धाभ्यास गरिरहेको जिकिर गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले युक्रेन र रुसमा तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न अनुरोध गरेका छन् । 

रुस र युक्रेनमा जुन तनावको स्थिती सिर्जना भएको छ, त्यसमा अमेरिकाले सिधै आक्रमण गर्न सक्ने अड्कलबाजी पनि गरिएको छ । शनिबार मेरिल्याण्डमा पेन्टागनका अफिसरहरुले राष्ट्रपति बाइडेनसमक्ष रुससँग भिड्नका लागि थुप्रै विकल्पहरु पेश गरेका थिए । 

जसमध्ये रुसमा सैय दबाब बनाउनका लागि नजिकका देशहरुमा अमेरिकी सैनिक, फाइटर जेटहरु र वारसिप तैनाथ गर्ने विकल्प पनि प्रस्तुत गरिएको थियो ।