• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग



file photo

काठमाडौँ । संसदमा साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरुका लागि संसद् गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताउनुभयो ।

“संसदमा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत साङ्केतिक भाषामा हुनसकेको छैन,” उहाँले भन्नुभयो, “यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरु वञ्चित भएका छन् ।”

संसद्को गतिविधि रेकर्डसमेत साङ्केतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले साङ्केतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गुर्नभयो ।