• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो



एजेन्सी । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ भने धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ ।

मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।

प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन् । मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ ।

सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ ।

एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पुर्‍याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।